सिरहाबाट दुई क्विन्टल गाँजा बरामद
नेपालखोज
२०८२ असोज २४ गते ११:१७

सिरहा । सिरहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका-२ स्थित बलान नदीे किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।
यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो । खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ ।
सम्बन्धित

प्रतिक्रिया