एमाले सचिवालय बैठक गुण्डुमा जारी

नेपालखोज २०८२ असोज २४ गते १३:१२

काठमाडाैं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा जारी छ ।

२९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न एमालेले आज सचिवालय बैठक बोलाएको हो ।

जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको आवाज उठिरहेका बेला त्यसबारे कसरी अगाडि बढ्ने भन्नेमा आजको बैठकमा छलफल हुनेछ ।

सचिवालयका बहुमत सदस्य पार्टी पुनर्गठनको पक्षमा छन् ।

प्रतिक्रिया