बिपी राजमार्गलाई सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाउने काम तीव्र

नेपालखोज २०८२ असोज २४ गते १३:३८

काठमाडौं । हालैको अविरल वर्षासँगै आएको बाढीपहिरोपछि पूर्णरुपमा अवरुद्ध भएको बिपी राजमार्गलाई सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाउने काम तीव्र रूपमा भइरहेको छ ।

अवरुद्ध राजमार्गलाई शनिवार बिहानबाट सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन भक्तपुरका साथै निर्माण कम्पनीले तीव्र रूपमा डाइभर्सन बनाउने काम गरिरहेका हुन् ।

शुक्रबारसम्म अस्थायी ट्रयाक निर्माणको काम सम्पन्न हुने र शनिबारबाट सबै प्रकारका यातायात सञ्चालन गर्ने तयारी भएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

बाढीपहिरोबाट बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा यसअघि बनाइएको डाइभर्सन सडक पूर्णरुपमा क्षति भएको छ ।

प्रतिक्रिया