‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग
नेपालखोज
२०८२ असोज २४ गते १६:३८

ललितपुर । यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले पाँच लाख सहयोग गरेको छ ।
आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई पाँच लाख खातामा जम्मा गरिएको भौचरसहित समवेदना पत्र प्रदान गरेका छन् ।
यही असोज १० गते बसेको महानगर कार्यपालिका बैठकले गरेको निर्णयअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको महानगरप्रमुख महर्जनले जानकारी गराए ।
महानगरका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष राजु महर्जनले शहीद महर्जनको योगदानको सम्मान र परिवारलाई सहानुभूतिस्वरुप सहयोग गरिएको बताए ।
शहीद महर्जनका दिदी विना महर्जनले आफ्नो भाइले देशको परिवर्तनका लागि योगदान दिएकाले ललितपुर महानगरभित्र सालिक निर्माण गरिदिन आग्रह गरे ।
सम्बन्धित

प्रतिक्रिया