एकैदिन तोलामा ४९०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालखोज २०८२ कार्तिक २५ गते ११:१०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ ।

यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया