फ्रान्ससँग धेरै समस्या रहेको ट्रम्पको भनाइ

नेपालखोज २०८२ कार्तिक २५ गते २१:१४

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट धेरै समस्या भोगेको बताएका छन् । राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकी प्रसारक फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा फ्रान्समाथि अचानक कटाक्ष गर्दै भने, ‘हामीले फ्रान्ससँग धेरै समस्या भोगेका छौँ।’

अन्तवार्तामा फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमले अमेरिकी विश्वविद्यालयमा चिनियाँ विद्यार्थीको भर्नाबारे अमेरिकी राष्ट्रपतिमाथि गरेको प्रश्नको उत्तर दिने क्रममा फ्रान्सको प्रसङ्गलाई पनि जोड्नु्भएको थियो ।

भर्ना भएका विद्यार्थीबारे उनले भने, ‘उनीहरू फ्रेन्च होइनन्, उनीहरू चिनियाँ हुन् । तिनीहरू हाम्रो जासुसी गर्छन्। उनीहरूले हाम्रो बौद्धिक सम्पत्ति चोर्छन्।’ उनले अगाडि भने, ‘तर के तपाईंलाई लाग्छ कि फ्रान्सेलीहरू ठीक छन् ? साँच्चै, म तपाईंलाई भन्छु, म त्यति विश्वस्त छैन।’

बेइजिङसँग व्यापार युद्धमा फसेका ट्रम्पको फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोंसँग राम्रोसम्बन्ध छ। गत सेप्टेम्बरमा म्याक्रोँले अमेरिकी नेतालाई फोन गरेर न्यूयोर्कमा राष्ट्रपति ट्रम्पको लस्करले उनलाई सडकमा रोकेको जानकारी दिएका थिए । तर यो जोडीको निकट सम्बनधमा यदाकदा समस्या पनि आएको पाइन्छ । ट्रम्पले म्याक्रोँको प्यालेस्टाइन राज्य र जलवायु नीतिको मान्यताको विशेष विरोध गरे । -रासस/एएफपी

प्रतिक्रिया