महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे

नेपालखोज २०८२ मंसिर २६ गते १६:०७
नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) को ११औँ महाधिवेशनको सन्दर्भमा काठमाडौँमा आयोजित युवा भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट/रासस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताएका छन् ।

आज यहाँ पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा आयोजित युवा भेला कार्यक्रममा उहाँले पार्टीमा नाम टाँसेर कमिटी बनाउने प्रवृत्ति हुर्किएकाले त्यसलाई विस्थापित गर्दै कार्यकर्ताबाटै नेता छान्ने प्रवृत्तिको विकास गर्न सक्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष पाण्डेले भने, अबको महाधिवेशनबाट कमसेकम २० प्रतिशत युवासमेत केन्द्रीय कमिटीमा ल्याउन आफूहरूले लडाइँ गरिरहेका छौँ । युवालाई नेतृत्वमा सहभागी गराउनुपर्छ । युवाको शक्तिविना अब पार्टी राम्रोसँग चल्न सक्दैन । युवाको शक्तिबाट पाकाहरूको अनुभवसहितको शक्तिशाली पार्टी निर्माण गर्न आवश्यक छ ।

उनले प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवाद (जबज) को मूल मान्यता रहेकासमेत जिकिर गरे ।

प्रतिक्रिया