नवनियुक्त श्रममन्त्री भण्डारी भन्छन् : द्वन्द्व व्यवस्थापन गर्न सघाउँछु
नेपालखोज
२०८२ मंसिर २६ गते १८:३९

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदवहाली गरे ।
पदवहालीपश्चात पत्रकारमाझ उनले सरकारको कार्यावधि निकै छोटो भए पनि एक दिनलाई एक घण्टाको द्रुतगतिमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भण्डारीले आफू लामो समय सिआइबीको संस्थापक भएर काम गरेको हुँदा सङ्गठित अपराधका गतिविधिको जालो तोड्न कार्ययोजना बनाउने बताए ।
उनका अनुसार जेनजीको पीडा जति छ, नेपाल प्रहरीको पनि उत्तिकै छ । दुवै पक्षले क्षति व्यहोर्नुपरेको र दुवै आवाजलाई मन्त्रिपरिषद्मा लिएर जान सकिने पनि उनले सुनाए ।
सम्बन्धित

प्रतिक्रिया