मन्त्री खरेलद्वारा ज्यापू सङ्ग्रहालयको अवलोकन
नेपालखोज
२०८२ पुष १७ गते ७:२८

पाटन (ललितपुर) । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यहाँस्थित ज्यापु सङ्ग्रहालयको अवलोकन गरेका छन् ।बुधबार साँझ मन्त्री खरेलले सङ्ग्रहालयकोे अवलोकनका साथै ज्यापु समाजका पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।
‘आफ्नो मौलिकता र सौन्दर्यले भरिपूर्ण यो सङ्ग्रहालयको महत महत्व छ, मौलिक कला, संस्कृति र सभ्यतामा धनी ज्यापु समुदायले माटोप्रति दर्शाएको मायालाई प्रचारप्रसार गर्दै हामीले हाम्रो आत्मीयता, आपसी सद्भावलाई विश्वसामु परिचित गराउनुपर्छ,’ मन्त्री खरेलले भने ।
त्यसअघि समाजका अध्यक्ष सन्तमान महर्जनलगायत समाजका पदाधिकारीले मन्त्री खरेलको स्वागत गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया