अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

नेपालखोज २०८२ फागुन १५ गते १३:५५

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १८ ट्याब्लेट र स्पास्पेन २ सय १८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय दिनेश राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–४ आइतबारे डेरा गरी बस्ने मोरङ उर्लाबारी नगरपालिका–१० घर भएका १९ वर्षीय आकाश कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ बोडिङ स्कुल टोल बस्ने २२ वर्षीय निशान उप्रेतीलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३३ एम्पुल सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ सानो दुमदुमुवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ९ एम्पुल र फेनारगन ८ एम्पुल सहित ओमसतिया गाउँपालिका–३ बडसारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनले प्रयोग गरेको युपि ५३ एएम ९७५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय मान बहादुर केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–९ झण्डहवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका–९ झण्डहवा बस्ने २२ वर्षीय सुवास थारूलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–२० ज्ञानपुर बस्ने ३६ वर्षीय धनिराम कुर्मी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० बस्ने २३ वर्षीय सन्तोष सार्की र २८ वर्षीय उद्धव सिह साहु रहेका छन् । अस्थायी प्रहरी बिट दैजीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ बहुलिया बस्ने २१ वर्षीय सुशान्त चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ओखलढुङ्गा । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–४ रूम्जाटार बस्ने ६१ वर्षीय दिप बहादुर विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पर्साको वीरगंज महानगरपालिका–१५ स्थित महाविर चोकमा म.प्र.०३–०३८ प ९४७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक बारा परवानीपुर गाउँपालिका–३ बस्ने २८ वर्षीय राकेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको न्यूरो अस्पताल वीरगंजमा उपचार भइरहेको छ । रूपन्देहीको शुद्धोधन गाउँपालिका–६ सेमरीस्थित सडकमा लु.९५ प ७८४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–६ गुरौली बस्ने ५० वर्षीय राम बहादुर घर्तीमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको राप्ती नगरपालिका–७ पम्फा पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार सवारी साधन र चालकको खोजी गरिरहेको छ ।
मोरङको बेलबारी नगरपालिका–२ लोहोन्द्रा पुलस्थित सडकमा को.३५ प ९७५९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२ लालभित्ती बस्ने ७९ वर्षीय जस बहादुर राईको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकललाई नियन्त्रणमा लिएको छ ।

तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित सडकमा ग.१६ प ६९७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ४८ वर्षीय बिर बहादुर दरैको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकललाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
शुद्धोधन गाउँपालिका–६ बाँसखोर बस्ने १७ वर्षीय अमन थारूको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित जोडी राखेको टेन्टबाट विजुलीको तार झार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अल्सेक अस्पताल लवनी हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया