पोपको शान्तिका लागि ‘साहसी’ आह्वानको क्यान्टरबरीका प्रमुखद्वारा प्रशंसा

नेपालखोज २०८३ वैशाख ३ गते २०:४२

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वाकयुद्धपछि पोप लियो चौधौंले शान्तिका लागि गरेको ‘साहसी आह्वान’ को क्यान्टरबरीका आर्कबिशप सारा मुल्लालीले बिहीबार प्रशंसा गरेका छन् । मुल्लालीले एक विज्ञप्ति जारी गर्दै भने- ‘म शान्तिको स्थापनाका लागि मेरो परम आदरणीय क्रिश्चियन दाजु पोप चौधौंसँग उहाँको साहसी आह्वानको पक्षमा उभिएको छु। निर्दोष मानिसहरू मारिएका र विस्थापित भएका छन्, परिवारहरू टुक्रिएका छन् र भविष्यहरू नष्ट भएका छन्, युद्धको मानवीय मूल्य अगणनीय छ।’

आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोप लियोको आह्वानको आलोचना गर्दै पोपले ‘गलत कुरा भनेको’ बताएका थिए । पोपले राष्ट्रपति ट्रम्पलाई सङ्केत गर्दै इरानमा युद्ध र हिंसा अन्त्य गर्न आह्वान गरेका थिए । त्यसपछि उनले माफी माग्न अस्वीकार गरेका थिए । सोमबार पोपले युद्धविरुद्ध बोल्नु आफ्नो नैतिक कर्तव्य भएको र ट्रम्पसँग नडराउने बताएका छन् ।

भ्याटिकन न्यूजका अनुसार बिहीबार क्यामरुनको भ्रमणका क्रममा पोपले विश्व ‘मुट्ठीभर तानाशाहहरूले तहसनहस पारिरहेका छन्’ भन्नुभएको थियो। मुल्लाली मार्चमा क्यान्टरबरीको आर्कबिशपको रूपमा जिम्मेवारी सम्हालृका थिए ।

प्रतिक्रिया