‘एक्सन ओरिएन्टेड भएर काम गर्न खोजेको अदालतले रोक्यो, अहिले कानुन अध्ययन गरिरहेको छु’

नेपालखोज २०८३ वैशाख ३ गते २०:५४

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ‘हाई प्रोफाइल’ व्यक्तिहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई अदालतले थुनामुक्त गरेकाे प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

गृहमन्त्री गुरुङले आफूले देश, जनता र सुशासनका लागि कदम उठाए पनि त्यसमा रोक लागेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

बिहीबार साँझ गृह मन्त्रालयमा सुरक्षा बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अनौपचारिक संवादमा गृहमन्त्री गुरुङले उक्त असन्तुष्टि पोखेका हुन् ।

“मैले सुरुआतदेखि नै एक्सन ओरिएन्टेड भएर काम गर्न खोजेको थिए । तर, अदालतबाट रोकियो,” गृहमन्त्री गुरुङले भने, “अब कसरी अगाडि बढ्ने विषयमा कानुन अध्ययन गरिरहेको छु ।”

प्रतिक्रिया