ट्रम्पलाई नोबेल शान्ति पुरस्कार उपहार दिएकोमा पश्चाताप छैन : मचाडो

मड्रिड, स्पेन । गत बर्षको नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुरस्कार उपहार दिएकोमा आफूलाई कुनै पछुतो नभएको बताएकी छन् ।
उनले भनिन्, ‘भेनेजुयलाको स्वतन्त्रताका लागि आफ्नो देशको ज्यान जोखिममा पार्ने विश्वमा एक नेता र राष्ट्रप्रमुख हुनुहुन्छ। भेनेजुयलामा प्रजातन्त्र स्थापनाका लागि उहाँको प्रतिवद्धताका लागि आफूलाई प्राप्त पुरस्कार उपहार दिएकोेमा मलाई पश्चाताप हुने कुनै कुरा नै छैन ।’ माचाडोले भनिन्, ‘अमेरिकी लागूपदार्थको आरोपमा न्यूयोर्कमा हिरासतमा रहेका मदुरोलाई पदच्युत गर्न गरेको ट्रम्पको सैन्य अभियान ‘हामी भेनेजुएलीहरूले कहिल्यै बिर्सने छैनौँ’।’
उनले भने, ‘त्यसैले ट्रम्पलाई नोबेल पदक उपहार दिएकोमा मलाई कुनै पछुतो छैन ।’ मचाडोले अमेरिकी सेनालाई काराकासमा आक्रमण गर्न र भेनेजुएलाका नेता निकोलस मदुरोलाई पदच्युत गर्न आदेश दिएको दुई हप्तापछि ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँगको भेटमा उनले आफूलाई प्राप्त भएको नोबेल पुरस्कारको उपाधि अमेरिकी राष्ट्रपतिलाई प्रदान गरेको घोषणा गर्नुभएको थियो ।
यद्यपि, नोबेल शान्ति पुरस्कार चयन समितिले नोबेल पुरस्कारको उपाधि पुरस्कृत व्यक्तिबाहेक अर्कोलाई दिने प्रावधान नभएको बताएको थियो । -रासस/एएफपी

प्रतिक्रिया