अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

नेपालखोज २०८३ वैशाख ५ गते २०:३४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका उहाँ आज उपचारपश्चात घर फर्किएका छन् अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए ।

शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका छन् । उनको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिनु भएको अस्पतालमा प्रवक्ता डा सेढाईंले बताए ।

अध्यक्ष ओलीको पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गत चैत ३० गते गरिएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया