रास्वपाको सचिवालय बैठक बस्दै

नेपालखोज २०८३ वैशाख ६ गते ७:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको छ । 

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र विभागमा मनोनयन विषयमा छलफल तय भएको छ ।

यस्तै, बैठकले महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरूबाट योजना आह्वान लगायतका विषयमा छलफल गर्ने छ । बैठकले प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी तय गर्ने छ ।

प्रतिक्रिया