हाइलाइफले पायाे चिउरामा ‘कुरुम कुरुम’ लेख्ने अधिकार
नेपालखोज
२०८३ वैशाख ६ गते १९:२३

काठमाडौं । हाइलाइफले चिउरामा ‘कुरुम कुरुम’ ब्रान्ड लेख्ने पाउने भएकाे छ । उद्योग विभागले हाइलाइफ-सिक्सभिल्ला ट्रेडमार्क विवादमा कुरुम कुरुम ब्रान्ड अधिकार हाइलाइफको भएको जनाएकाे छ ।
हाइलाइफ उत्पादन गर्ने नेपाल एभरेस्ट फुड एन्ड स्न्याक्स प्रालि र सिक्सभिल्ला प्रालिबीच लामो समयदेखि चलिरहेको व्यापारिक चिह्नसम्बन्धी विवादमा उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्ला प्रालिको दर्ता बदर गरेको हो ।
विभागले दुवै पक्षका प्रमाण, तर्क र सर्वोच्च अदालतका नजिरहरूको अध्ययनपछि यस्तो चिउरामा कुरुम कुरुम ब्रान्ड अधिकार हाइलाइफको भएको सुनाएको हो ।
सम्बन्धित

प्रतिक्रिया