इलाम गोल्डकप : आज मच्छिन्द्र र एन पेनाङ आमनेसामने
नेपालखोज
२०८३ वैशाख ७ गते १०:२९

इलाम । इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तररााष्ट्रिय आमन्त्रण इलाम गोल्डकप २०८३ अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब काठमाडाँै र एन पेनाङ मलेसिया आमनेसामने हुँदैछन् ।
फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको सातौँ झापा गोल्डकपको उपाधि चुमेको मच्छिन्द्र उपाधिको दाबेदार टोली मानिन्छ । यता, मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरूका साथमा मैदान प्रवेश गर्दैछ । यसअघि झापा गोल्डकपमा यी दुई टोलीबीच भेट हुँदा एन पेनाङलाई मच्छिन्द्रले २–१ गोलले हराएको थियो ।
पहिलो भेटमै मच्छिन्द्रसँग पराजित एन पेनाङ इलामको भेटमा बदला लिने दाउमा छ । यसअघि मच्छिन्द्रले इलामको सातौँ माई भ्याली गोल्डकपको उपाधि उचालेको थियो । दुवै बलिया टोलीबीच आज हुने खेल निकै प्रतिस्पर्धात्मक र दर्शकका लागि रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया