अमेरिकामा गोलीकाण्डमा आठ बालबालिकाको मृत्यु

नेपालखोज २०८३ वैशाख ७ गते १०:३७

काठमाडाैं । अमेरिकाको लुइसियानाको श्रेभपोर्टमा भएको गोलीकाण्डमा १ देखि १४ वर्ष उमेर समूहका आठ बालबालिकाको मृत्यु भएको छ । प्रहरीले घटनालाई घरेलु विवादको रूपमा वर्णन गरेको छ ।

प्रहरीका अनुसार आइतबार एक आक्रमणकारीले १० जनालाई गोली हानेर कारमा भागेका थिए । पछि प्रहरीको गोली लागेर संदिग्ध व्यक्तिको मृत्यु भएको थियो ।

प्रहरीले पीडितहरूको नाम सार्वजनिक गरेको छैन, तर केही बालबालिका मृतक आक्रमणकारीका आफन्त भएको बताएको छ । ती सबै नाबालिग थिए ।

श्रेभपोर्ट मेयरका सञ्चार निर्देशक ली एन इभेन्स्कीले बीबीसीलाई बताएअनुसार संदिग्ध आक्रमणकारीको पहिचान शमार एल्किन्सको रूपमा गरिएको छ । बीबीसी

प्रतिक्रिया