फोन पेको प्रमुख कार्यकारी अधिकृतमा सापकोटा

काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदमा पुन दिवस कुमार सापकोटालाई नियुक्त गरेको छ ।
कम्पनीले उनलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको घोषणा गरेको हो । यस निर्णयले संस्थागत नेतृत्वको निरन्तरतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।
सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका कुमारसँग बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ ।
उनी फोनेपेको प्रारम्भिक टोलीका सदस्य समेत हुन् । उनले प्रमुख प्रविधि अधिकृत (सीटीओ) को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेपछि सापकोटाको नेतृत्वमा फोनेपेले उल्लेखनीय वृद्धि हासिल गरेको कम्पनीले जानकारी दिएको छ ।
प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकको रूपमा सुरु भएको संस्था अहिले नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारका रूपमा स्थापित भएको कम्पनीको भनाई छ ।

प्रतिक्रिया