दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति

नेपालखोज २०८३ वैशाख ९ गते १८:११

काठमाडौं । हिरासतमा रहेका व्यापारीद्वय दीपक भट्ट र सुलभ अग्रवालको सात दिन थुनामै रहने भएका छन् ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा रहेका दुवैजनालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

उनीहरूमाथि बिमा ऐन र धितोपत्र ऐन अनुसारको अनुसन्धान मात्र बाँकी रहेको जानकारी अदालतमा गराइएको छ । 

प्रतिक्रिया