पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा
नेपालखोज
२०८३ वैशाख ११ गते १५:५०

कास्की । पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न पोखरा आउनुभएको छ । निजी भ्रमणका क्रममा उहाँ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिँदा उनका समर्थकहरूले विमानस्थलमा स्वागत गरेका छन् ।
पोखरामा पूर्वराजाको स्वागत र भ्रमण व्यवस्थापनका लागि समर्थकहरूले भ्रमण व्यवस्थापन समिति बनाएका छन् । राजतन्त्र समर्थकहरूले राष्ट्रिय झन्डा हातमा लिएर उहाँको स्वागत हुन् ।
विमानस्थल परिसरमा बाजागाजासहित पूर्वराजाको स्वागत गरिएको छ । उनी एक महिना पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बस्नुहुने भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले जानकारी दिए ।
उनका अनुसार पोखरा बसाइका क्रममा पूर्वराजाले गण्डकी प्रदेशका विभिन्न धार्मिकस्थलको भ्रमण गर्नेछन् । त्यसैगरी उनले यहाँ बसाइका क्रममा विभिन्न व्यक्तिहरूसँग भेटघाटसमेत गर्ने तालिका रहेका भ्रमण व्यवस्थापन समितिले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया