विपद्मा परेका यात्रुलाई सहयोग गर्नुको सट्टा कालोबजारी गर्नेलाई कारबाही गर्ने प्रहरीकाे चेतावनी
नेपालखोज
२०८३ वैशाख १२ गते २०:२९

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले यात्रुसँग चलिआएकाे भन्दा बढी मूल्य लिए कार्यबाही गर्ने चेतावानी दिएकाे छ । विपद्मा परेका यात्रुलाई सहयोग गर्नुको सट्टा कालोबजारी गर्ने सञ्चालकलाई कारबाही गरिने प्रहरीले चेतावनी दिएको हाे ।
बीपी राजमार्ग अवरुद्ध हुँदा शनिबार यात्रु बीचबाटोमा रोकिएका छन् । काभ्रे प्रहरीले सूचना जारी गर्दै ‘कोही कसैले प्रचलित मूल्यभन्दा बढीमा सामान बिक्री वितरण गरेको भए तुरुन्त प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्नुहोला,’ भनेकाे छ ।
वर्षासँगै बीपी राजमार्गमा शनिबार दिउँसोदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया