कक्षा १२ को परीक्षा आजदेखि, नियमिततर्फ ३ लाख ३२ हजार विद्यार्थी सहभागी
नेपालखोज
२०८३ वैशाख १४ गते ७:४७

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।
वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ ।
यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।२०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् ।
सम्बन्धित

प्रतिक्रिया