संघीय संसद्अन्तर्गत दुई संसदीय समितिको बैठक बस्दै

नेपालखोज २०८३ वैशाख १४ गते ९:०९

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।

बिहान साढे ११ बजे बस्ने बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र समितिको आगामी कामकारबाहीसम्बन्धी छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने छ । 

प्रतिक्रिया