पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा

नेपालखोज २०८३ वैशाख १४ गते १७:४८
????????, ?? ????? : ?????????????? ???????? ?????????? ???? ?????? ???? ?????? ?????????? ?????? ???????? ???? ?????? ???????? ?????? ???? ?????? ??????????? ????? ??????? ?????????????? ?????? ???? ?????? ???????? ????????? ??? ?????? ??? ?????????????? ???????? ?????????? ? ?????? : ???? ???????/????

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजाने बताएका छन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङ्देम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको बताए ।

संसदीय दलको नेताका लागि लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनमै जान सकिने भए पनि केन्द्रीय समितिमा रहेका र नरहेका सबैको सहमतिमा धेरैको चाहनाअनुसार सहमतिबाट नेतृत्व छनोट गरिएको सभापति थापाको भना थियो ।

‘संसदीय दलको नेता चयनमा समय लागे पनि अन्तिममा सहजतापूर्वक सहमतिबाट नेतृत्व निर्विरोध निर्वाचित भएको छ, यसमा आदरणीय नेता अर्जुननरसिंह केसी र मोहन आचार्यको सहमति छ’, उनले भने ।

प्रतिक्रिया