पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नेपालखोज २०८३ वैशाख १५ गते ९:०७

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ ।

काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट होटेलमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।

बैठकमा समूहको आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन् ।

प्रतिक्रिया