सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा तीव्र हावाहुरी, चट्याङसहित मध्यमदेखि भारी वर्षाको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर चट्याङसहित मध्यमदेखि भारी वर्षाको हुने पूर्वानुमान गरेकाे छ ।विभागले सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा तीव्र हावाहुरीको पनि पूर्वानुमान गरेको छ ।
आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
कोसी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
राति, कोसी, मधेस, वागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । विभागले सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा तीव्र हावाहुरीको पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया