पुन: खुम्चियो सेयर बजार, २५ अंकले घट्दा चार अर्ब ९८ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन २६ दशमलव १६ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार २५ दशमलव ८१ अंकले घटेर २७ सय ४४ दशमलव ४५ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य छ अंकले घटेर चार सय ६४ दशमलव ५१ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ५१ वटा कम्पनीहरुको एक लाख चार हजार पाँच पटकको कारोबारमा एक करोड २१ लाख ३४ हजार तीन सय ६० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार एक सय ७३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समूहको सूचक आठ दशमलव ३६ अंकले बढेर पाँच हजार नौं सय ८२ दशमलव ४३ अंकमा चढेकोमा सामुहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः शुन्य दशमलव शुन्य एक र ४१ दशमलव ११ अंकले बढेका छन् ।
यि बाहेक बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव शुन्य एक अंकले घटेर १४ सय ३४ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि १५ दशमलव ४१ अंकले घटेर २३ सय ६२ दशमलव २७ अंकमा झरेको छ ।
जलबिद्युत समुहको सुचक पनि ५७ दशमलव शुन्य चार अंकले घटेर तीन हजार आठ सय ६५ दशमलव शुन्य पाँच अंकमा झरेको छ । जीवन बीमा समूहको सूचक पनि एक सय पाँच दशमलव ६५ अंकले घटेर १२ हजार चार सय ३४ दशमलव शुन्य सात अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय २० दशमलव ५१ अंकले घटेर १० हजार सात सय ३४ दशमलव ३५ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समूहको सूचक पनि क्रमशः एक सय ३२ दशमलव ५०, शुन्य दशमलव ६८, दुई सय ६० दशमलव ४१, २६ दशमलव ३७ र १८ दशमलव ६१ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोेरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ ।

प्रतिक्रिया