नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन : एशोसिएट्तर्फतका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले गरिन् टीम घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्तर्फतका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफ्नो टीम घोषणा गरेकी छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा उनले आफ्नो टीम घोषणा गरेकी हुन् ।
महासंघका अध्यक्ष ढकालको बलियो साथ पाएको आफ्नो समूहको जित निश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले भनाइ छ । नेपालको अहिलेको आर्थिक र व्यापारिक परिवेश एक चुनौतीपूर्ण अवस्थामा रहेको जानकारी दिँदै यस समयमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् ।
उनले निजी क्षेत्र र सरकारवीच सहकार्य गर्दै नीतिगतरुपमा काम गर्न ज्योत्सना श्रेष्ठ टीम महासंघको चुनावमा टीमसहित आएको सचिन ढकालले जानकारी दिए । ज्योत्सना श्रेष्ठ समूहमा पुराना खारिएका र नयाँ युवाहरु जोससहित आएकाले महासंघलाई अझ नयाँ तरिकाबार अघि बढाउन सक्ने महासंघक पूर्व कोषाध्यक्ष शशिकान्त अग्रवालले बताए ।

प्रतिक्रिया