आशा लघुवित्तको तेस्रो त्रैमासिक नाफा १७ करोड ६२ लाख

नेपालखोज २०८३ वैशाख १७ गते १४:२२

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा १७ करोड ६२ लाख ६२ हजार पाँच सय ८७ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ५५ लाख ८३ हजार सात सय ६७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८० करोड २६ लाख ८५ हजार छ सय ७७ रुपैंयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा तीन अर्ब ६६ करोड पाँच लाख ११ हजार सात सय ६२ रुपैंयाँ निक्षेप संकलन गरी ११ अर्ब ३६ करोड ७७ लाख चार हजार सात सय ७४ रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ६२ करोड २२ लाख आठ सय २६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौं दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ११ करोड २० लाख ४६ हजार एक सय १५ रुपैंयाँ निक्षेप संकलन गरी १० अर्ब १५ करोड चार लाख ७१ हजार पाँच सय १८ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ६० करोड ८० लाख ८८ हजार चार सय ४६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

प्रतिक्रिया