कांग्रेस संसद् समन्वय बोर्डको बैठक आज बस्दै

नेपालखोज २०८३ वैशाख २२ गते ६:१८

काठमाडौं । नेपाली कांग्रेस संसद् समन्वय बोर्डको बैठक आज बस्दै छ । बोर्डको पहिलो बैठक दिउँसो ३ बजे बस्नेछ । 

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३)को धारा २१ बमोजिम गठन भएको बोर्डको बैठक बस्न लागेको हो । बैठकमा बोर्डका सदस्यहरूको उपस्थिति रहने जनाइएकाे छ ।

पार्टीभित्र संसद्सम्बन्धी काम, रणनीति र समन्वयका लागि कांग्रेसले बोर्ड गठन गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पार्टी सभापतिले बोर्डको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया