लगानीको लागि आह्वान : नौ अर्ब ५३ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नौं अर्ब ५३ करोड ८७ लाख रुपैंयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले मंगलबार बाँणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो ।
बैंकको बिभिन्न कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि मे १८, २०२६ देखि मे १८, २०२७ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख २४ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि सात अर्ब ६३ करोड १० लाख, बिकास बैंकहरुको लागि एक अर्ब ४३ करोड आठ लाख र फाईनान्स कम्पनीहरुको लागि ४७ करोड ६९ लाख रुपैंयाँ छुट्याईएको छ ।
रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।


प्रतिक्रिया