गर्मी छल्न लिभप्योर एयर कुलरको रोजाई बढ्दो

काठमाडौं । छिल्ला वर्षहरूमा अत्यधिक गर्मी बढ्दै जाँदा बजारमा एयर कुलरको माग समेत बढ्न थालेको छ । यसैक्रममा लिभप्योर ब्रान्डका एयर कुलर उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन् ।
के एल दुगड ग्रुप अन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रालिले विगत तीन वर्षदेखि नेपाली बजारमा लिभप्योर एयर कुलर उपलब्ध गराउँदै आएको जनाएको छ ।
कम्पनीका अनुसार लिभप्योरका एयर कुलर पर्सनल र डेजर्ट दुवै श्रेणीमा उपलब्ध छन्, जसले प्रभावकारी तथा किफायती शीतल समाधान प्रदान गर्छ ।
कुलरमा रहेको शक्तिशाली एयर डेलिभरी र लामो एयर थ्रो क्षमताले कोठाभर समान रूपमा चिसो हावा प्रवाह गरी आरामदायी वातावरण बनाउने कम्पनीको दाबी छ । साथै, एन्टी–ब्याक्टेरियल हनीकोम्ब प्याडले स्वच्छ तथा ताजा हावा सुनिश्चित गर्ने बताइएको छ ।
ठूलो पानी ट्याङ्की क्षमता भएकाले लामो समयसम्म निरन्तर शीतलता दिने तथा पानीको स्तर सूचकले प्रयोगलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।
कम विद्युत खपत हुने भएकाले लिभप्योर एयर कुलर इन्भर्टरमा समेत सञ्चालन गर्न सकिने विशेषता रहेको छ । मोटर सुरक्षा लगायत विभिन्न सुरक्षा सुविधाले यसको प्रयोगलाई सुरक्षित र भरपर्दो बनाएको कम्पनीको भनाइ छ ।
बहुदिशात्मक पाङ्ग्रा, सजिलो नियन्त्रण प्रणाली र कम्प्याक्ट डिजाइनका कारण यी एयर कुलर घर तथा कार्यालय दुवैका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया