दुई अर्ब ९३ करोडको शेयर किनबेच

नेपालखोज २०८३ वैशाख २४ गते १५:३८

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन एक दशमलव ६४ अंकले घटेको नेप्से साताको चौंथौं कारोबार दिन आज बिहिबार छ दशमलव ९४ अंकले बढेर २७ सय १८ दशमलव १६ अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९५ अंकले बढेर चार सय ६४ दशमलव शुन्य आठ अंंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ३४ वटा कम्पनीहरुको ४५ हजार ६५ पटकको कारोबारमा ६६ लाख ८४ हजार सात कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार आठ सय ७७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँचवटा समूहहरुको सूचक घटेर बाँकी समुहहरुको सुचक बढेकाछन् ।

जसमध्ये फाईनान्स समूहको सूचक एक दशमलव ९७ अंकले घटेर २३ सय ३४ दशमलव ४३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ६० दशमलव १६ अंकले घटेर १० हजार पाँच सय ७६ दशमलव ८० अंकमा झरेको छ ।

यसैगरी लगानी, उत्पादनमुलक र सामूहिक लगानी कोष समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य सात, नौ दशमलव शुन्य आठ र शुन्य दशमलव शुन्य तीन अंकले घटेकाछन् ।

बाँणिज्य बैंक समूहको सूचक भने चार दशमलव ७२ अंकले बढेर १४ सय ३५ दशमलव ३० अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि १७ दशमलव शुन्य छ अंकले बढेर पाँच हजार आठ सय नौं दशमलव ८६ अंकमा पुगेको छ ।

जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव ३३ अंकले बढेर तीन हजार सात सय ८६ दशमलव शुन्य एक अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ५५ अंकले बढेर १२ हजार तीन सय ५० दशमलव ८८ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लघुुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः १६ दशमलव ३४, १७ दशमलव १४, १६ दशमलव ४० र ५८ दशमलव २७ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वालम्वन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा फरवार्ड माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया