घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित
नेपालखोज
२०८३ वैशाख २५ गते १०:०४

फुङ्लिङ (ताप्लेजुङ) । मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको चारदिने एकीकृत घुम्ती शिविरबाट तीन हजार ३७५ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविर गाउँपालिकाका छवटै वडामा सञ्चालन भएको थियो ।
बिहीबार वडा नं ५ मा सम्पन्न घुम्ती सेवामार्फत ८३० जना सेवाग्राहीले सेवा लिएका थिए । त्यसअघि वडा नं १ मा ८८३ जना, वडा नं २ ढुङ्गेसाँघुमा ८३८ जना तथा वडा नं ६ फाकुम्बामा ८२४ जनाले सेवा लिएका गाउँपालिकाका प्रशासन अधिकृत स्मीका याक्खाले जानकारी दिए।
शिविरमा प्रशासन, स्वास्थ्य, पञ्जीकरण, कृषि विकास, पशुसेवा, योजना तथा पूर्वाधार, नक्सापास, उद्यम विकास तथा सूचना–सञ्चारलगायत १३ वटा शाखामार्फत सेवा प्रवाह गरिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया