राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ । अमेरिकी इन्धन नाकाबन्दीले सङ्कटको सामना गरिरहेको क्युवा यसको प्रमुख क्षेत्रीय सहयोगी भेनेजुयलाका पूर्व नेता निकोलस मदुरोलाई पक्राउ गरेपछि अवरुद्ध भएको छ ।
राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा गरेको एक पोस्टमा उनले क्युवालाई सङ्केत गर्दै भने छ, ‘कम्युनिस्ट शासित टापु एक असफल देश बनेको छ ।’ उनले विस्तृत विवरण नदिइकन लेखे, “क्युबाले मद्दत मागिरहेको छ र हामी वार्ता गर्न जाँदैछौँ ।’
क्यारेबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वासिङ्टनको प्रभुत्व बढाउने अभियानअन्तर्गत राष्ट्रपति ट्रम्पले क्युवाली सरकारलाई अपदस्थ गर्न खोजेको अड्कलबाजी वाशिङ्गटनमा बढ्दो छ । यसै महिनाको सुरुवातमा ट्रम्पले फ्लोरिडाको तटबाट क्यारेबियन टापु अमेरिकाले ‘लगभग तुरुन्तै कब्जा’ लिने बताएका थिए ।
उनले भेनेजुएलाका लामो समयदेखि राष्ट्रपति रहेका मदुरोलाई पदच्युत गर्न अमेरिकी सैन्य कारबाहीपछि अर्को क्युबा हुने पनि बताएका थिए । क्युवा सन् १९६० को दशकदेखि एकपछि अर्को अमेरिकी प्रशासनसँग तनावमा छ । लगभग ९० माइल (१४५ किलोमिटर) को दूरीमा रहेको अमेरिकी राज्य फ्लोरिडामा एक ठूलो र राजनीतिक रूपमा प्रभावशाली क्युवाली निर्वासित समुदायले आश्रय लिइरहेको छ ।
भेनेजुएला समाजवादी राष्ट्र क्युवाका लागि कूटनीतिक र आर्थिक जीवन रेखा थियो र मदुरोको पतनले क्युबालाई अझ एक्लो बनाएको छ । तेल उत्पादक भेनेजुएला क्युवाका लागि इन्धनको मुख्य स्रोत थियो तर संयुक्त राज्य अमेरिकाले आपूर्ति मार्ग बन्द गरेपछि यहाँ चरम इन्धन सङ्कट देखिएको छ ।
इन्धन सङ्कटले विद्युत् खपत बढेकाले क्युवाले लामो र निरन्तरको लोडसेडिङको सामना गरिरहेको छ। मे १ मा ट्रम्पले क्युवाली अर्थतन्त्रको प्रमुख हिस्सालाई लक्षित गर्दै नयाँ आर्थिक प्रतिबन्धको घोषणा गरेका थिए । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले यसलाई अमेरिकाको ‘सामूहिक सजाय’ र ‘एकपक्षीय जबरजस्ती’ कदमको संज्ञा दिएका छन् । -रासस/एएफपी

प्रतिक्रिया