शुक्रबार, वैशाख १४, २०८१

नेपाल बैंकले माग्यो ५६२ कर्मचारी

नेपालखोज २०७६ भदौ ३० गते १२:५२

 

काठमाडौं, भाद्र । नेपाल बैंकले ५६३  कर्मचारी माग गरेको छ। विभिन्न पदमा ५६३ जना कर्मचारी मागेकोमा बैंकले छैठौ तहको सहायक प्रवन्धक पदका लागि १२६ कर्मचारी माग गरेको हो । छैठौ तहका लागि कम्तीमा पनि स्नातकोत्तर गर्नु पर्नेछ । १० जना चार्टर्ड एकाउन्टेन्टका लागि विज्ञापन खुला गरेको छ । चार्टर्ड एकाउन्टेटका लागि मान्यता प्राप्त संस्थाबाट सिए/एसिसिए उत्तीर्ण गरेको हुनुपर्छ।

केन्द्रिय स्तरको कार्यालयका लागि सूचना प्रविधि शाखामा सहायक माग गरेको छ। बैंकले प्रदेश स्तरका शाखा कार्यालयका लागि ४२२ जना कर्मचारी माग गरेको छ। चौथो तहका लागि पाँचै प्रदेशमा गरेर ३५२ जना कर्मचारी माग गरेको छ। यस पदका लागि न्यूनतम स्नातक गरेको हुनु पर्छ।

तेस्रो तहमा सम्पुर्ण प्रदेशमा गरेर ७० जना कर्मचारी आह्वान गरिएको छ। यस पदका लागि +2 उत्तीर्ण गरेको भए पुग्छ। योग्यता अनुसार इच्छुक आवेदकले असोज १९ गतेसम्म अनलाईन आवेदन दिन सक्नेछ।

प्रतिक्रिया