बिहीबार, वैशाख ६, २०८१

साफ यू-१८ खेल्ने नेपाली टोलीको घोषणा

नेपालखोज २०७६ भदौ ३१ गते १५:१०

काठमाडौं, भाद्र । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मंगलबार दोस्रो चरणमा रहेका २५ खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ नेपाली टोलीको अन्तिम छनोटबाट बाहिरिएका छन् ।

साफ यू–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ुएु मा रहेको छ ।

नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।

नेपालले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतिक्रिया