बिहीबार, जेठ ३, २०८१

खेलकुद प्रतियोगिताको तयारीमा जट्न सदस्य सचिव घिसिङको आग्रह

नेपालखोज २०८० असार ६ गते २२:४७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका छन् ।

सातदोबाटोस्थित तेक्वान्दो, कराते र कुस्तीको आज तयारी प्रशिक्षण अवलोकन गर्ने क्रममा उनले खेलाडीलाई ढुक्क भएर तालिममा केन्द्रित हुन आग्रह गरेका हुन् ।

प्रशिक्षण अवलोकनका क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षणस्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्यालगायतका विषयमा जानकारी लिए ।

प्रतिक्रिया