शुक्रबार, वैशाख ७, २०८१

बैंकको सिस्टम ह्याक गर्दै कृषि विकास बैंकबाट २ करोड रुपैयाँ चोरी, कहाँ चुक्दै छन् बैंक साइबर सुरक्षामा?)

नेपालखोज २०७६ असोज ८ गते १३:४०

८ असोज २०७६, काठमाडौँ । नयाँ तरिका अपनाउँदै ह्याकरले फेरी बैंक सिस्टम ह्याक गरेका छन् । मंगलबार राति सिस्टम ह्याक गरि कृषि विकास बैंक सिराहाको लाहानबाट ह्याकरहरुले करिब २ करोड रुपैयाँ निकालेका छन् । ह्याकरले रकम निकालेको पुष्टि नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले गरे ।

उनले ह्याक बारे थप अनुसन्धान भैरहेको समेत जानकारी दिए । यस अघि एटिएम ह्याक गरेर चिनियाँ ह्याकरहरुले करोडौं रकम निकाले थिए । टिएम ह्याकिङ प्रकरणमा संलग्न आधा दर्जन व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर कारबाही चलाएको छ । ह्याकर गरेर रकम निकालिएको तेस्रो घटना र तेस्रो फरक शैली भएको बताइएको छ । नेपाल राष्ट्र बैंकका अधिकारीले यो घटनामा अघिल्लो प्रकरणमा झैँ ह्याकरको समूह मात्र नभई, बैंककै कर्मचारीको पनि संलग्नता हुन सक्ने आशंका पनि गरेका छन् ।

तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने बैंकका कर्मचारीको संलग्नता हालसम्म नदेखिएको बताएका छन् । नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिईएको छ र ती सबै नेपाली नागरिक हुन् । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ,  निर्मला तामाङ,   नीमा तामाङ सञ्जय घले,    सर्लाहीका पुष्पराज खड्का,    नुवाकोटका लेवाङ तामाङ  र लमजुङका विद्या सागर लगायत छन् । रकम निकाल्न खाज्ने सबै पक्राउ परिसकेकाले लुटिएको भनिएको रकम पनि सुरक्षित रहेको प्रहरी दाबी छ ।

यता, कृषि विकास बैंकले आफ्नो बैंकिङ्ग सिष्टम सुरक्षित रहेको जनाएको छ । मंगलबार करिब २ करोड रुपैयाँ बैंकबाट अनधिकृत रुपमा व्यक्तिगत खातामा ट्रान्सफर भएको घटना सार्वजनिक भएपछि बैंकले पासवर्ड दुरुपयोगका कारण घटना भएको भन्दै आफ्नो सिष्टम सुरक्षित रहेको दाबी गरेको हो ।

बैंकका प्रवक्ता हिमलाल पौडेलले बैंकिङ्ग सिष्टम सुरक्षित रहेकाले ग्राहकहरुको निक्षेप समेत सुरक्षित रहेको दाबी गरेका छन् । उनले यस प्रकरणले बैंक सिष्टमलाई प्रभाव नपार्ने उनले बताए । उनले लहान शाखाका ब्राञ्च म्यानेजरको कमजोरीका कारण करिब २ करोड रुपैयाँ अनधिकृत रुपमा व्यक्तिगत खातामा ट्रान्सफर भएको जानकारी दिए ।

बैंकले प्रयोग गरिरहेको टी ट्वान्टी फोर सिस्टम बैंकिङ्ग प्रणालीमा प्रयोग हुने उत्कृष्ट बैंकिङ सिस्टम रहेकाले निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित रहेको बैंकले जनाएको छ ।

पौडेलका अनुसार लहान शाखाका म्यानेजरको युजर र पासवर्ड दुरुपयोग गरी करिब २ करोड व्यक्तिगत खातामा जम्मा गरेको छ । शाखा म्यानेजरले आफ्नो युजर र पासवर्ड गोप्य राख्न नसक्दा बैंकको रकम चोरी भएको उनको भनाई छ ।

साइबर सुरक्षा खै ?

चिनियाँ नागरिकको समूहले नेपाली बैंकको एटीएम ह्याक गरेर करिब दुई करोड रुपैयाँ लुटेको एक महिना बित्न नपाउँदै पुनः उस्तै प्रकृतिको घटना दोहोरियो मंगलबार राची । यसले नेपाली बैंकिङ क्षेत्रको फितलो साइबर सुरक्षा प्रणालीलाई प्रष्ट पारेको छ । प्रहरीले गएको भदौ १६ गते ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर चोरिएको रकम बरामद गरे पनि बैंकहरुले साइबर सुरक्षामा गम्भीरता नदेखाउँदा फेरि कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ लुटिएको हो । विभिन्न तथ्यहरुले देखाए अनुसार नेपाली बैंकहरु साइबर सुरक्षाको आधारभुत बाटो बाट नै पछाडी छन् ।

प्रतिक्रिया