बुधबार, वैशाख १२, २०८१

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीचको टेलिफोन वार्ता सार्वजनिक

नेपालखोज २०७६ असोज ९ गते १४:४५

९ असोज २०७६,काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले गत जुलाइमा राष्ट्रपतिले गरेका टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको छ ।

अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध महाअभियोग लागाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेलगत्तै ह्वाइटहाउस प्रशासनसले टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको हो ।

जसमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्ना सम्भावित प्रत्यासी जो बाइडन र एक युक्रेनी ग्यास फर्ममा काम गर्ने उनका छोराविरुद्ध जाँच सुरु गर्न आग्रह गरेका छन् ।

टेलिफोन वातचितमा ट्रम्पले वाइडनको छोरालाई लिएर चर्चा चलिरहेको तर वाइडनले छानविन रोकिदिएको भन्दै अधिकांश व्यक्तिले छानविन खोजेको बताएका छन् ।

वाइडनले छानविनलाई रोकें भनेर फुर्ति लगाएको र आफुलाई यो मुद्दा भयानक लागेको टेलिफोन वार्तामा ट्रम्पले भनेका छन् । कुराकानीमा ट्रम्पले जेलेन्सीकीसँग जो वाइडनले युक्रेनका शीर्ष सरकारी वलिक विक्टर शौकीनलाई हटाउन दवाव दिएका थिए । ट्रम्पले भने राष्ट्रपतीय चुनावका आफ्ना सम्भावित प्रत्यासीविरुद्ध त्यस्तो अनुसन्धानको माग गरिएको विषय अस्वीकार गरेका छन् ।

एक सुराकीले औपचारिक रुपमा उजुरी हालेको समाचार आएपछि ट्रम्प र जेलेन्सकीबीचको टेलिफोन वार्ताबारे विवाद चर्किएको हो । ट्रम्पले जुलाइ २५ तारिखमा भएको भनिएको टेलिफोन वार्ताको पूर्ण र सम्पादन नगरिएको विवरण सार्वजनिक गर्ने वाचा गरेका थिए ।

तर, ह्वाइट हाउसले बुधवार बिहान सार्वजनिक गरेको विवरणमा भने अमेरिकी अधिकारीहरूले सुनेर तयार गरिएको संवादमात्रै        समेटिएको छ । ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्वरुप करिब ४० करोड डलर रोक्न निर्देशन दिएको केही दिनपछि उक्त टेलिफोन कुराकानी बाहिरिएको हो । — एजेन्सी

प्रतिक्रिया