मंगलबार, वैशाख ४, २०८१

भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १० पुग्यो, नमूना संकलन गर्न स्वास्थ्यकर्मी घरघरमै पुग्ने

नेपालखोज २०७६ चैत ११ गते २१:१३

काठमाडौं । विश्वव्यापी प्रकोपका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि भारत सरकारले शंकास्पद व्यक्तिहरुको नमुना सङ्कलन घरमै व्यवस्था छिट्टै हुने बताइएको छ ।

सरकारले कोरोना भाइरसको शङ्का लागि विरामीले माग गरेमा घरसम्म नै पुगी नमूना सङ्कलन गर्ने र परिक्षणका लागि दिल्लीमा एम्स, लखनऊमा केजीएम, जयुपुरमा एसएमएस, कोलकोत्तामा एनआईसीईडी, गुवाहाटीमा जीएमटी, नागपुरमा आइजीजीएमसी, मुम्बईमा कस्तुरबा मेडिकल कलेज, अहमदावादमा बीजे मेडिकल कलेज, बैंगलोरमा बीएमसीआरआई र चेन्नईमा केआईपीएमआर लगायतका अस्पतालहरुमा व्यवस्था मिलाएको छ ।

यसअघि भारतभर १३ वटा ल्याबमा मात्रै कोरोना भाइरसको परीक्षणको सुविधा रहेकोमा मंगलबारदेखि थप १८ ल्याबमा कोरोना भाइरसको परीक्षण गर्न सकिने व्यवस्था सरकारले मिलाएको छ । भारतमा अब ३१ वटा प्रयोगशालामा कोरोनाको परीक्षण गर्न सकिने छ ।

सरकारले निजी प्रयोगशालाका लागि परीक्षण शुल्कसमेत तोकेको छ । निजी प्रयोगशालामा ४ हजार ५ सय भारतीय रुपैयाँमा कारोनाको जाँच गर्न सकिने बताइएको छ ।

सरकारले निजी प्रयोगशालामा यदी कसैको रिपोर्ट ‘पोजेटिभ’ आएमा अन्तिम परीक्षणका लागि पुणे पठाउनु पर्ने जनाएको छ । त्यसपछि मात्रै कोरोनाको अन्तिम पुष्टि हुनेछ ।

भारतमा मङ्गलबार साँझ ८ बजेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५११ पुगेको र यसका कारण १० जनाको मृत्यु भएको तथ्याङ्क सङ्कलन वेबसाइट वल्डोमिटरले जनाएको छ ।

प्रतिक्रिया