बुधबार, वैशाख १२, २०८१

लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाईटेड चौंथो चरणमा प्रवेश

नेपालखोज २०७६ असोज ९ गते १४:५०
९ असोज २०७६, काठमाडौं ।  शीर्ष क्लबहरु लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाईटेड इङ्गलिस लिग कप अर्थात काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा तेस्रो डिभिजनको मिल्टन के.डी.लाई २–० ले हराउँदै लिभरपुल चौंथो चरणमा पुगेको हो । लिभरपुलका लागि जेम्स मिल्नर र होएभरले एक एक गोल गरे ।

काराबाओ कपकै अर्को खेलमा चेल्सीले ग्रिम्सबी टाउनलाई ७–१ ले पराजित गर्दा म्यान्चेस्टर युनाईटेडले रोचडेललाई टाइ–ब्रेकरमा ५–३ ले पराजित गर्‍यो ।

यसैगरी, एस्टन भिल्लाले ब्राइटनलाई ३–१ ले हराउँदा बुर्टन आल्बियोनले बर्नमाउथमाथि २–० को जित निकाल्यो । गएराति वेष्ट ह्याम युनाईटेड भने पराजित भयो । उसलाई अक्सफोर्ड युनाईटेडले ४–० ले हराएको हो ।

प्रतिक्रिया