बुधबार, वैशाख १२, २०८१

बुद्ध लामाको नयाँ गीत सार्वजानिक !

नेपालखोज २०७६ असोज ९ गते १५:०७

९ असोज २०७६, काठमाडौं । नेपाल आइडल सिजन १ का विजेता बुद्ध लामाको नयाँ गीत सार्वजानिक भएको छ । ‘आफू भन्दा जेठी’ नामक गीत बुधबार युटुब मार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीत ओएसआर डिजिटल नामक युटुब च्यानलले अपलोड गरेको छ । अपलोड गरेको २३ घण्टामा २ लाख भन्दा बढी दर्शकले हेरीसकेका छन् भने २४ हजारले लाइक र १ हजार भन्दा बढीले डिसलाइक गरेका छन् ।

मनोज सिग्देलको शब्द र दीपक आर्जेको संगीत रहेको गीतमा आफूलाई मनपर्ने युवतीलाई प्रभाव पार्न युवाहरुले गर्ने संघर्षको बर्णन गरिएको छ । चक्र बहादुर बरालको छायांकन, बिनोद चौधरीको सम्पादन रहेको भिडियो सोयन श्रेष्ठले निर्देशन गरेका हुन् ।

सम्रगमा उक्त गितको भिडियोलाई दर्शकले राम्रै भने पनि नकरात्मक प्रतिक्रिया पनि उत्तिकै धेरै छन् । “सबै कुरा लाई म नराम्रो भन्न सक्छु तर बुद्ध लामाको स्वर बाहेक” जस्ता कमेन्टहरू केही दर्शकहरूले भिडियोमा गरेका छन् ।

नेपाल आइडल जितेर राम्रै लोकप्रियता कमाएका गायक बुद्ध लामाले खासै मन छुने र अझ भन्नु पर्दा ओठमा झुण्डिने खालको गीत दिन नसकेकाले उनका समर्थकहरू उनी सँग खासै खुसी छैनन् । यस पटकको आफू भन्दा जेठी बोलको गीतले भने गायक बुद्ध लामालाई थप लोकप्रिय बनाओस हाम्रो शुभकामना ।

 

हेर्नुहोस भिडियो :-

प्रतिक्रिया