बुधबार, वैशाख १२, २०८१

‘उनले जस्तै’ बोलको गीत सार्वजनिक

नेपालखोज २०७७ फागुन १८ गते १०:२९


काठमाडौं । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै’ बोलको गीत युटूबमार्फत् सार्वजनिक भएको छ । जसमा चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको छ ।

उक्त गीत सोमबार साँझ युटूबमार्फत् सार्वजनिक गरिएको हो । विशाल इन्टरटेनमेन्ट नामक युटुब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो ।

गीतमा मायामा धोका खाएको प्रेमीले कल्पिएका कुराहरू समावेश गरिएका छन् ।

एउटा प्रेमीकाले धोका दिएको प्रेमी फेरि अर्की प्रेमिकाले राखेको प्रेम प्रस्तावलाई अङ्गीकार गर्नुअघि कल्पना गरेका कुराहरूलाई गीतमा समेटिएको गीतका रचनाकार घिमिरेले बताएका छन् ।

प्रतिक्रिया