शुक्रबार, चैत १६, २०८०

पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

नेपालखोज २०७६ असोज ९ गते १७:३९

९ असोज २०७६, काठमाडौँ । पाकिस्तानमा गत मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले बताएको छ ।

भूकम्पका कारण सो भूकम्पमा परी करिब ५ सय व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।

मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।

पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो । भूकम्प ५।८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था  (युएसजीएस) ले जनाएको छ । रासस

प्रतिक्रिया