बुधबार, वैशाख १२, २०८१

हङकङमा चीनको विवादास्पद कानुन : चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

नेपालखोज २०७७ जेठ १५ गते १३:२९

काठमाडौँ। हङकङले अमेरिकी कानुन अन्र्तगत विशेष व्यवहार गर्न नपाउने भएको छ ।

अमेरिकी प्रतिनिधिसभाले ट्रम्प प्रशासनलाई उड्गुर मुस्लिम अल्पसंख्यकको उत्पीडनका लागि जिम्मेवार रहेको भन्दै चिनियाँ अधिकारीहरुमाथि प्रतिवन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।

विधेयकले चीनको झिनजिायाङ प्रान्तमा उड्गुर र अन्य मुस्लिम समूहविरुद्ध दमन गरेको भन्दै चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरिएको हो ।

काँग्रेसले चीन सरकारले दण्डहिनताका साथ काम गर्न नहुने भन्दै प्रतिबन्ध लगाउनुपरेको स्पष्ट पारेको छ ।

संयुक्त राष्ट्रसंघले दश लाख भन्दा बढी उड्गुर मुस्लिमहरुलाई दुव्र्यवहारसहित शिविरमा राखिएको दावी गरेको छ ।

तर, चीनले राष्ट्रसंघको आरोपको खण्डन गर्दै शिविरहरुमा व्यावसायिक प्रशिक्षण दिइएको बताएको छ ।

यसैबीच अमेरिकाले हङकङलाई यसअघि दिँदै आएको सुविधा कटौती भएको जनाएको छ ।

अमेरिकाको उक्त फैसलासँगै हङकङले पाउँदै आएको विशेष अधिकारसहितको सुविधा नपाउने भएको हो ।

फैसलासँगै अमेरिका र हङकङबीचको व्यापार सम्बन्धमा असर पर्ने बताइएको छ । चीनले हङकङमा नयाँ विवादास्पद कानुन लागू गर्न खोजेको अमेरिकी आरोप छ ।

हङकको स्वायत्तता र स्वतन्त्रता कमजोर पार्न चीनले विवादास्पद कानुन जारी गर्न खोजेको अमेरिकी आरोप छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र बेइजिङबीच हालैका दिनहरुमा सम्बन्ध चिसिएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो देशमा कोरोना भाइरसको महामारी फैलनुमा चीनको भूमिका रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएसँगै चीन र अमेरिकाको सम्बन्ध चिसिएको हो । -एजेन्सी

प्रतिक्रिया