शुक्रबार, वैशाख १४, २०८१

राजनीतिक दलहरुले सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन : रक्षामन्त्री

नेपालखोज २०७६ असोज १२ गते २२:५९

१२ असोज, काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राजनीतिक दलहरु सहकार्य गरेर अगाडि बढेमात्र मुलुकले विकास र परिवर्तन गर्न सक्ने बताउन भएको छ ।
राजधानीमा आयोजित नेपाल खोज डटकमको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै मन्त्री पोखरेलले सो कुरा बताउनु भएकोहो । कार्यक्रममा बोल्नु हुँदै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले प्रेस स्वतन्त्रता भएपनि त्यसको सदुपयोग हुन नसकेको बताउनु भयो ।
उहाँले नेपालमा पछिल्लो समयमा मिडिया धेरै फस्टाएको बताउनु हुँदै मुलुकको आमूल परिवर्तका लागि मिडियाले काम गर्न नसकेको पनि बताउनु भयो ।
काग्रेस प्रति लक्षित गर्दै उहाँले भन्नु भयो ‘सपना नदेख्नेले परिवर्तन गर्न सक्दैन हामी सपना देखिरहेको छौ र परिवर्तन पनि गर्न सक्छौ’ । हिजो फरक विचार वोकेर हिडेका विपी कोइराला, मनमोहन अधिकारी, पुष्पलालहरुले निकै नै प्रताडित हुनु परेको प्रसंग कोट्याउनु हुँदै अहिले कसैलाई पनि प्रतिवन्धित गर्न नसक्ने बताउनु भयो ।
२०६२÷६३ सालको आन्दोलनमा साझा एजेण्डा बोकेर राजनीतिक दलहरु अगाडि बढेकाले राजनीतिक परिवर्तन सम्भव भएको भन्नु हुँदै मन्त्री पोखरेलले त्यसबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नका लागि राजनीतिक दलहरुले सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया