रवि लामिछानेको नागरिकता प्रकरण छानबिनमा
नेपालखोज
२०७९ मंसिर १६ गते १५:१०

काठमाडौं । चितवनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेको नागरिकताका सम्बन्धमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय , काठमाडौंले प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको छ ।
निर्वाचन प्रचारका क्रममा लामिछानेविरुद्ध उनको नागरिकता तथा राहदानीका विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो । उजुरीमा नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका रविले अमेरिकी नागरिकता त्यागे पनि पुनः नेपाली नागरिकता नलिएको कुरा बताइएको थियो ।
लामिछानेको नागरिकता तथा राहदानी सम्बन्धी यो विवादमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय , काठमाडौंको पत्र आएको र कानुनी प्रक्रिया समेत सुरु गरिएको एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।
सम्बन्धित
प्रतिक्रिया