शुक्रबार, चैत १६, २०८०

देशभरका तीन हजार कृषि पशु प्राविधिक आन्दोलनमा

नेपालखोज २०७६ असोज १३ गते १२:५१

१२ असोज, काठमाडौं । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै सरकारले २०७२ सालदेखि एक गाउँ एक प्राविधिकको अवधारणा अघि सारेर लोकसेवा आयोग मार्फत नै सेवा प्रवेश गरेका ३ हजार कृषि तथा पशु प्राविधिकहरुलाई हटाएपछि उनीहरु यतिखेर आन्दोलनमा उत्रिएका छन् । एक साता लामो शान्तिपूर्ण आन्दोलनमा होमिएका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राबिधिकको मागको कुनै सुनुवाई नभएपछि दोश्रो चरणको आन्दोलनको घोषणा गरेका छन् ।


अर्थ मन्त्रालयले २०७५ भाद्र २९ गतेको निर्णयले कृषि विभाग तथा पशु सेवा विभाग मातहतमा कार्यरत रापअ द्वितियका ३ हजार करारका कर्मचारीलाई तलव नदिने र कर्मचारी हटाउने भएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
अर्थ तथा कृषि विकास मन्त्रालयले कृषि प्राविधिकहरुको बजेट व्यवस्था गरेको भएपनि एक्कासी करारका प्राविधिक हटाएको छ ।
आन्दोलनरत कृषि तथा पशु सेवामा कार्यरत करारका कर्मचारीहरु शान्ति पूर्ण रुपमा ¥याली, धर्ना जुलुश गर्दै आईरहेका छन् । तर सरकारले उनीहरुको मागप्रति पूर्ण रुपमा वेवास्ता गर्दै आईरहेको छ ।

प्रतिक्रिया